`                
                
                
                    
                      
                    
                
                
            
                    
        मधेस प्रदेशसभाको आजको बैठक स्थगित
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa
                    
                        `                                
                                
                                
                                    
                                                                        
                                    
                                    
                                
                                
                            
                                                    
                    
                                    
                                    
जनकपुरधाम । विमान दुर्घटनामा सरकारले आज शोक बिदा दिएकाले मधेस प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि प्रस्तावित नामहरू निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । तर विमान दुर्घटनाको शोकमा आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।उनका अनुसार अब बैठक मंगलवार दिउँसो १ बजेका लागि सारिएको छ ।मधेश प्रदेशका मुख्यमन्त्री यादवले पनि विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।साभार : नेपाल प्रेस
                        `                            
                    
                    
                        
                                                        
                                                        
                                            
                                            
                            
                            
                            
                            
                            
                            
कमेन्ट गर्नुहोस्