पोखरामा यती एयरको एटीआर ७२ जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटियो
4 वर्ष पहिले प्रकाशित
Khojkhulasa
काठमाडौ । पोखरामा यती एयरको एटीआर ७२ जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको छ ।काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित उडेको उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो । दुर्घटनाग्रस्त विमानमा हालसम्म १६ जनाको शव निकालिएको यती एयलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले प्रेसलाई जानकारी दिए ।अहिले उद्धार भइरहेको र बाकीको अवस्थाको विषयमा अहिले नै भन्न नसकिने बर्तौलाले बताए । क्षतिको थप विवरण आइनसकेको बर्तौलाले जानकारी दिए ।साभार : नेपाल प्रेस
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..
4 दिन पहिले
मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..
4 दिन पहिले
कमेन्ट गर्नुहोस्