मधेसका मुख्यमन्त्रीसहित थप तीन मन्त्रीले लिए शपथ
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa


जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिएका छन् ।मुख्यमन्त्रीसँगै आज तीन मन्त्रीले पनि शपथ लिएका छन् ।

नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले पनि शपथ लिएका छन् । तीनैजनालाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।
शपथग्रहण समारोहमा जसपा अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय संसदीय दलका नेता रामसहाय प्रसाद यादव, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत पनि सहभागी थिए ।



साभार : नेपाल प्रेस

नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाद्वार..
नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाको आयोजनामा आज धर्ना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध..
5 दिन पहिले
कमेन्ट गर्नुहोस्