`

धरौटी तिरेर आज छुट्दै सन्दीप

3 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने आज छुट्दैछन् । पाटन उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम आज धरौटी तिरेर छुट्ने उनीनिकट स्रोतले बताएको छ ।पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार सन्दीपलाई २० लाख धरौटी माग गरेका थियो । धरौटीमा छाड्दै उच्चले सन्दीपलाई केही सर्तसमेत राखेको छ ।मुद्दाको फैसला नभएसम्म सन्दीपलाई नेपालबाहिर जान रोक लगाइएको छ । त्यस्तै जाहेरीकर्ता र उनका परिवारसँग भेटघाट, सम्पर्क, त्रास, दबाब नदिन र उनीहरूलक्षित कुनै सामग्री सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा टीप्पणी नगर्न भनिएको छ ।यो पनि पढ्नुस् : सन्दीपलाई धरौटीमा छाड्न अदालतको यी चार सर्त (आदेशको पूर्णपाठ)

कुनै काम विशेषका कारण सन्दीपले काठमाडौं छाड्नुअघि उपत्यका छाड्ने र फर्कने मिति साथै बस्ने ठाउँ खुलाएर जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जानकारी दिनुपर्नेछ ।यी सर्तहरुको पालनाको कार्यान्वयनका लागि सन्दीपको गतिविधि निगरानी गर्ने, मोवाइल नम्वर, टेलिफोन नम्वरमा सेवा प्रदायक संस्थामार्फत पहुँच राखी सो संग सम्बन्धित सामग्री वा विवरणको संचार अभिलेख गर्नको (लफुल इन्टरसेप्सन) लागि प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्नेछ। त्यसरी पहुँच राखिएका र अभिलेख गरिएका सामग्री वा विवरणको गोप्यता भंग नहुने र मागेको बेला अदालतलाई दिन प्रहरीलाई आदेश गरिएको छ ।साभार : नेपाल प्रेस

`
12 comments
जनकपुरधाममा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप श..

जनकपुरधाम, वैशाख १३ छाडा कुकुरको संख्या नियन्त्रण तथा रेविज रोग न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगर..

5 दिन पहिले

जनकपुरधाममा मासुमा ठगी र अस्वस्थकर अभ्यास बढ्दो, उपमहान..

जनकपुरधाम — दिनप्रतिदिन बढ्दै गएको महँगीका बीच उपभोक्ताले गुणस्तरीय वस्तु नपाउने समस्या झन् गम्भीर बन्दै गएक..

2 दिन पहिले