बलिउड डिभा मलाइका अरोरा काठमाडौंमा
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa


काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा आज काठमाडौं आइपुगेकी छन्। नेपाल रत्न तथा आभूषण संघले दरबारमार्गमा आयोजना गर्न लागेको फेसन रनवे अर्थात् चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा शो–स्टपरको रूपमा भाग लिन मलाईका नेपाल आएकी हुन् ।मलाइका यसअघि पनि नेपाल आइसकेकी छन्। सेतो विन्टर ज्याकेट र कालो चस्मामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी मलाइका रनवेमा भने नेपाली पोशाक र गरगहनामा प्रस्तुत हुनेछिन्।नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले आयोजना गरिएको तीन दिने एक्स्पोमा सर्वसाधारणले निः शुल्क प्रवेश पाउने छन्।साभार : नेपाल प्रेस

नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाद्वार..
नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाको आयोजनामा आज धर्ना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध..
5 दिन पहिले
कमेन्ट गर्नुहोस्