`

मन्त्रिपरिषद् विस्तारलगायतका विषयकाे टुंगाे लगाउन सत्ता साझेदार दलकाे बैठक बस्दै

2 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

काठमाडौं । मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पुर्‍याउन सत्ता साझेदार दलको बैठक बस्दैछ । आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । बैठकमा मन्त्रिपरिषद्को विस्तार, सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल हुने बताइएको छ । बुधबार साँझ प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको थियो । प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिइसकेका छन् । उनलाई तत्काल उपस्थित सात सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए । सत्ता साझेदार दलमा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् ।साभार : स्पेसखबर

`
12 comments
जउवा संघको अध्यक्ष पदमा त्रिकोणात्मक प्रतिष्पर्धा

उद्योगी व्यवसायीहरुको हकहित संरक्षणका लागि स्थापित जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि त्रिको..

2 दिन पहिले

एमबीबीएस पढाउँदै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले एमबीबीएस (चिकित्साशास्त्रमा स्नातक) पढाउन ५० सिट प..

13 घन्टा पहिले