`

धनुषा ३को (२) वाट निर्वाचित ठाकुरलाई मन्त्री बनाउन एमाले नेतृत्व सँग माग

2 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

धनुषा, पुष २७ गते । धनुषा क्षेत्र नं.३ को (२) बाट निर्वाचित एमालेका प्रदेशसभा सदस्य एवम लोकप्रिय युवा नेता दिपेन्द्र ठाकुर लाई मधेश प्रदेशको सरकारमा मन्त्री बनाउनका लागि एमाले नेतृत्व सँग एमालेका स्थानीय कार्यकर्ता र जनकपुरबासीले माग गरेका छन । जनकपुरधाम नगर क्षेत्रमा एमालेको संगठन अन्यदलको तुलनामा कमजोर रहेपनि स्थानीय युवामाझ लोकप्रिय रहेका एमालेका युवा नेता दिपेन्द्र ठाकुरले एमालेवाट चुनाव लडेर २०७९ सालको प्रदेशसभाको निर्वाचनमा ऐतिहासिक जित हात पारेका हुन । यस प्रदेशसभा निर्वाचन क्षेत्रमा यस अघि एमालेले जित हात पार्न सकेको थिएन । धनुषा क्षेत्र नं.३ मा यस पटक प्रतिनिधिसभा तर्फ एमालेका जुली कुमारी महतो र प्रदेशसभा तर्फ ३ को (२)मा एमालेबाटै ठाकुर निर्वाचित भएका हुन । सामाजिक काममा सक्रिय रहने लोकप्रिय युवा नेता एवम प्रदेशसभा सदस्य ठाकुर यस अघि जनकपुरको प्रसिद्ध युवा क्लब रामानन्द युवा क्लबको अध्यक्ष समेत भईसकेका छन । जनकपुरधामको सरसफाई देखि लिएर सामाजिक एवम धार्मिक काममा सदैव सक्रिय रहेका ठाकुर मधेश प्रदेश सरकारमा सहभागी भइ मन्त्री भएको खण्डमा जनकपुरधामको विकासले गति लिने स्थानीयको विश्वास रहेको छ । नेकपा एमाले जनकपुरधाम नगर कमिटिका अध्यक्ष सुरेन्द्र भण्डारीले युवाहरुलाई पार्टी नेतृत्वले प्राथमिकतामा राख्नु पर्ने नीति अनूरुप युवाहरुलाई मन्त्रीमण्डलमा समावेश गर्नुपर्ने बताए । उनले एमाले प्रति युवाहरुको आकर्षण बढेकै कारण एमाले पहिलो पार्टी भएको बताए ।त्यसै गरी स्थानीय अमित पाठकका अनुसार ठाकुरले पहिलो पटकमै एमालेको संगठन कमजोर रहेपनि यस क्षेत्रबाट जितेर संगठनको साखलाई जोगाएको र आगामी दिनमा एमालेको संगठनपनि मजवुत हुने बताए । उनले युवा नेता ठाकुर सँग नेतृत्व गर्ने अनुभव समेत रहेकोले एमालेले उनलाई मन्त्री अवश्य बनाउनेमा आफु आशावादी रहेको बताए । एमाले संसदीय दलको नेताका लागि समेत दावेदारी दिएका ठाकुर लाई एमालेले दलका उपनेता बनाएर मात्रै नहुने उनलाई जनताका लागि काम गर्ने अवसर दिनु पर्ने तर्क स्थानीयको रहेको छ ।

`
12 comments
जउवा संघको अध्यक्ष पदमा त्रिकोणात्मक प्रतिष्पर्धा

उद्योगी व्यवसायीहरुको हकहित संरक्षणका लागि स्थापित जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि त्रिको..

2 दिन पहिले

एमबीबीएस पढाउँदै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले एमबीबीएस (चिकित्साशास्त्रमा स्नातक) पढाउन ५० सिट प..

13 घन्टा पहिले