मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त
4 वर्ष पहिले प्रकाशित
Khojkhulasa
जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।६३ सांसदको समर्थनसहित दाबी पेश गरेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनको शपथ पुस २९ मा हुने भएको छ।मधेश प्रदेशसभामा १०७ सांसद छन् । बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदसहित ६३ सांसदले समर्थन गरेका छन्।प्रदेशका निवर्तमान सभामुखसमेत रहेका यादव बारा १ ९२० बाट निर्वाचित भएका हुन् ।

साभार : नेपाल प्रेस
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..
4 दिन पहिले
मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..
4 दिन पहिले
कमेन्ट गर्नुहोस्