मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त
2 वर्ष पहिले प्रकाशित
Khojkhulasa

जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।६३ सांसदको समर्थनसहित दाबी पेश गरेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनको शपथ पुस २९ मा हुने भएको छ।मधेश प्रदेशसभामा १०७ सांसद छन् । बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदसहित ६३ सांसदले समर्थन गरेका छन्।प्रदेशका निवर्तमान सभामुखसमेत रहेका यादव बारा १ ९२० बाट निर्वाचित भएका हुन् ।

साभार : नेपाल प्रेस
जनकपुरधाम उप– महानगरपालिकाले सरसफाईलाई दिए तिव्रता
जनकपुरधाम उप– महानगरपालिकाले सरसफाईलाई तिव्रता दिएको छ । जनकपुरधाम उप–महानगरपालिकाका नगर प्रमुख मनोज कुमार..
7 दिन पहिले
१ लाख ९० हजार नाघ्यो सुन
सुनको भाउ तोलामा १ लाख ९० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्र..
2 दिन पहिले
कमेन्ट गर्नुहोस्