`

मधेसको मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारीमा जसपाका यादव

4 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

जनकपुरधाम । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादवले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् ।सत्ता साझेदार दलहरूले मधेस प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री जसपालाई दिने सहमति गरिसकेका छन् । सोही सहमति अनुसार जसपा संसदीय दलका नेता यादवले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने तयारी भएको हो ।मधेश प्रदेशसभामा १०७ सांसद छन् । बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीसँग कुल ६२ सांसद छन् ।स्वतन्त्र सांसद सुरिता साहले पनि समर्थन गर्ने बताइएको छ । उनीसहित ६३ सांसदको समर्थनमा यादवदले आज प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्रीको दाबी गर्न लागेका हुन् ।प्रदेशका निवर्तमान सभामुखसमेत रहेका उनी बारा १ (२) बाट निर्वाचित भएका हुन् ।प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्रीको दाबी पेश गर्न भोलि साँझ ५ बजेसम्मको समय दिएका छन् ।साभार : नेपाल प्रेस

`
12 comments
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..

4 दिन पहिले

मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..

4 दिन पहिले