`

मधेसको मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारीमा जसपाका यादव

2 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

जनकपुरधाम । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादवले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् ।सत्ता साझेदार दलहरूले मधेस प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री जसपालाई दिने सहमति गरिसकेका छन् । सोही सहमति अनुसार जसपा संसदीय दलका नेता यादवले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने तयारी भएको हो ।मधेश प्रदेशसभामा १०७ सांसद छन् । बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीसँग कुल ६२ सांसद छन् ।स्वतन्त्र सांसद सुरिता साहले पनि समर्थन गर्ने बताइएको छ । उनीसहित ६३ सांसदको समर्थनमा यादवदले आज प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्रीको दाबी गर्न लागेका हुन् ।प्रदेशका निवर्तमान सभामुखसमेत रहेका उनी बारा १ (२) बाट निर्वाचित भएका हुन् ।प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्रीको दाबी पेश गर्न भोलि साँझ ५ बजेसम्मको समय दिएका छन् ।साभार : नेपाल प्रेस

`
12 comments
उद्योग बाणिज्य संघको निर्वाचनलाई लिएर विभिन्न शंका उत्..

जनकपुरधाम उद्योग बाणिज्य संघको निर्वाचनलाई लिएर विभिन्न शंका उत्पन्न हुन थालेको छ । मतदाता परिचय पत्रमा देखिएक..

4 दिन पहिले