`

मुख्यमन्त्रीमा दोहोरिने लालबाबुको प्रयास असफल, जसपा संसदीय दलको नेतामा सरोज सर्वसम्मत

3 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् ।निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपनि सहमतिमै यादवलाई नेता चयन गरिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउतले पनि दाबी गरेका थिए ।दुवै नेताको मनोनयनपछि पुनः बसेको बैठकमा राउतले यादवलाई समर्थन गरेसँगै सर्वसम्मत भएको हो ।बारा १ (२) बाट निर्वाचित यादव निवर्तमान सभामुखसमेत हुन् । उनी ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए । तर, पार्टी एकतापछि महन्थ ठाकुर अलग्गिए पनि यादव जसपामै बसेका थिए ।दलका नेता बनेसँगै उनी नै मधेशको मुख्यमन्त्री बन्ने पनि निश्चित भएको छ । सातदलीय गठबन्धनको आलोपालो सहमतिमा पहिलो चरणमा जसपालाई मधेसको नेतृत्व दिने सहमति भइसकेको छ ।मधेस प्रदेशमा जसपाका १६ सांसद छन् ।साभार : नेपाल प्रेस

`
12 comments
जनकपुरधाममा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप श..

जनकपुरधाम, वैशाख १३ छाडा कुकुरको संख्या नियन्त्रण तथा रेविज रोग न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगर..

5 दिन पहिले

जनकपुरधाममा मासुमा ठगी र अस्वस्थकर अभ्यास बढ्दो, उपमहान..

जनकपुरधाम — दिनप्रतिदिन बढ्दै गएको महँगीका बीच उपभोक्ताले गुणस्तरीय वस्तु नपाउने समस्या झन् गम्भीर बन्दै गएक..

2 दिन पहिले