जसपा मधेस संसदीय दलको नेतामा मुख्यमन्त्री राउत र यादवको उम्मेदवारी
4 वर्ष पहिले प्रकाशित
Khojkhulasa
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशमा संसदीय दलका लागि मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान सभामुख सरोज कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।जनकपुरधामस्थित जसपा पार्टी कार्यालय पुगेर मुख्यमन्त्री राउत र निवर्तमान सभामुख यादवले दलका नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् । दलका नेताका लागि दुई जनाको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक लाल किशोर साहले बताए ।दलका नेताका अर्का आकांक्षी सांसद राम अशिष यादवले उम्मेदवारी नै दर्ता गराएनन् । स्रोतका अनुसार उनले निवर्तमान सभामुख यादवलाई समर्थन गरेका हुन् ।मधेश प्रदेशमा जसपाको १६ सांसद छन् । दलका नेता बन्नेले मुख्यमन्त्री बन्ने अवसर पाउने छन् । सत्तारुढ दलहरुबीच मधेश प्रदेशमा पहिलो चरणमा जसपालाई मुख्यमन्त्री दिने सहमति भइसकेको छ ।प्रकाशित चुनावी तालिका अनुसार आज साँझ ५ बजेबाट ६ बजेसम्म मतदान हुनेछ ।साभार : नेपाल प्रेस
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..
4 दिन पहिले
मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..
4 दिन पहिले
कमेन्ट गर्नुहोस्