निमावि तहका लागि कोटाभन्दा ६४७ कम शिक्षक सिफारिस
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa


काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) को शिक्षक पदमा १ हजार ९५९ जना शिक्षक सिफारिस गरेको छ । आयोगले २ हजार ६०६ रिक्त पदमा शिक्षक माग गर्दै विज्ञापन आह्वान गरेको थियो । तर, आयोगले माग गरेको भन्दा ६४७ कम शिक्षक सिफारिस भएका छन् । विशेष गरी गणित विज्ञान, गणित, विज्ञान लगायतका विषयमा कोटाभन्दा कम शिक्षक सिफारिस भएका छन् । निमावि तहका लागि शिक्षक सिफारिस भएसँगै आयोगले अब प्राथमिक तह (प्रावि) को नतिजा सार्वजनिक गर्नेछ । सिफारिस भएका शिक्षकहरूलाई नियुक्ति पत्र लिएर आ–आफ्नो क्षेत्रमा खटाउन थालिएको छ । यसअघि मावि तहको नतिजा प्रकाशित गरेको थियो । मावि तहमा समेत कोटाभन्दा कम सिफारिस भएका थिए । आयोगले यो महिनाको अन्तिमतिरबाट प्रावि तहको नतिजा प्रकाशन गर्नेछ ।साभार : रातोपाटी
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..
4 दिन पहिले
विद्यालय शिक्षा विधेयक असार १३ गते पास गर्ने शिक्षा समि..
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयार..
6 दिन पहिले
केन्द्रीय कमिटी बैठक एमालेले बोलायो
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको पार्टीको सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय ..
6 दिन पहिले
शिक्षा विधेयकमा निर्णय लिन बोलाइयो संसदीय समिति बैठक
विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बिहीबार १ बज..
6 दिन पहिले
कमेन्ट गर्नुहोस्