चर्को आलोचनापछि दूधको मूल्य वृद्धि फिर्ता
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa
काठमाडौं । डेरी उद्योगीले दूधको मूल्य वृद्धि फिर्ता गरेका छन् । डेरी उद्योग सङ्घमा आबद्ध केही डेरी उद्योगीले पुस १६ गतेदेखि लागू हुनेगरी दूधको खुद्रा मूल्य वृद्धि गरेका थिए । प्रतिलिटर १४ रुपियाँ वृद्धि गरेपछि त्यसको चर्को आलोचना भएको थियो । उद्योगीहरूले पुस १८ गते एक विज्ञप्ति जारी गरी मूल्य वृद्धि फिर्ता नलिने जनाएपछि मङ्गलबार पुनः उद्योगीसँग छलफल गरेर मूल्य वृद्धि फिर्ता गरिएको हो । मूल्य वृद्धि गर्ने आवश्यकताको अध्ययन गर्न राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवको नेतृत्वमा कार्यदलसमेत गठन गरिएको छ । सो कार्यदलले देशैभर अध्ययन गरेर दूधको मूल्य वृद्धि सम्बन्धमा प्रतिवेदन बुझाएपछि थप निर्णय लिने डेरी उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य अरनिको राजभण्डारीले बताए। दूधको मूल्य बढाउने सम्बन्धमा वैज्ञानिक रूपमा अध्ययन गरेर गर्ने सहमति भएको उनले बताए ।निजी डेरीबाट उत्पादित ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएमएफको आधारमा दूधको मूल्य वृद्धि गरिएको थियो । सरकारले गत वर्ष माघ १७ गतेदेखि देशभर लागू हुने गरी दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर ५६ रुपियाँ ४ पैसा समर्थन मूल्य तोकेको थियो । साभार : स्पेसखबर
ईस्लाम धर्मावलम्वीहरु आज ईद पर्व मनाउँदै
मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका ..
1 दिन पहिले
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइती..
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि माइतीघरमा प्रदर्शन गरिएको छ । जेनजी आन्दोलनका घाइतेहरू..
1 दिन पहिले
मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..
1 दिन पहिले
कमेन्ट गर्नुहोस्