`

कांग्रेस मधेस प्रदेश संसदीय दलका नेतामा कृष्ण यादव निर्वाचित

4 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशसभा संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् ।जनकपुरस्थित पार्टीको प्रदेश कार्यालयमा भएको निर्वाचनबाट दलका नेतामा यादव निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार उनले १८ मत ल्याएर निर्वाचित भएका हुन् ।दलका नेताका लागि उम्मेदवारी दिएका रामसरोज यादवले मात्र ४ मत पाए । कांग्रेसको मधेस प्रदेशमा कुल २२ साँसद छन् ।दलका नेतामा निर्वाचित यादव पार्टीका मधेस प्रदेश सभापति हुन् । उनी रौतहट क्षेत्र नम्वर १ (२) बाट निर्वाचित भएका हुन्  ।साभार : नेपाल प्रेस

`
12 comments
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..

4 दिन पहिले

मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..

4 दिन पहिले