`

हस्ताक्षर किर्ते गरेको आरोपमा मट्टिहानी मन्दिरका महन्त पक्राउ

4 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

महोत्तरी। सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख निकालेको आरोपमा महोत्तरीका एक महन्त पक्राउ परेका छन्।मट्टिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई प्रहरीले आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैकबाट उक्त रकम निकालेको उनीमाथि आरोप छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृृष्ण पंगेनीका अनुसार रोक्का रहेको बैंक खाता फुकुवा गरेर ७० लाख १८ हजार पाँच सय १० रुपैयाँ ३५ पैसा झिकेको प्रमाणसहित पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको पत्रअनुसार महोत्तरी प्रहरीले महामहन्त दासलाई पक्राउ गरेको पंगेनीले बताए।महामहन्त दासलाइ रुपन्देही पठाइएको छ। दासले आफ्नै नाममा रहेको सिद्धार्थनगर शाखाको मेघा बैंकको खाताबाट जनकपुरका श्रवण यादवलाई ७ नोभेम्बरमा त्यो पैसा ट्रान्सफर गरेका थिए।साभार : डिसी नेपाल

`
12 comments
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..

4 दिन पहिले

मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..

4 दिन पहिले