नेहा चौधरीका श्रीमान् पक्राउ, घरमा ताल्चा लगाएर परिवारका सदस्य फरार
4 वर्ष पहिले प्रकाशित
Khojkhulasa
जनकपुरधाम । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेको आरोप लागेका महोत्तरी रामगोपालपुर-५ का पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।श्रीमान्बाट दाइजोको निहुँमा घरेलु हिंसामा परेकी नेहा चौधरी मंगलबार घर गएपनि उनलाई पस्न दिइएन । त्यसपछि उनी घरको मूलढोकाअघि धर्ना दिएर बसिन् । त्यसपछि प्रहरीले बाध्य भएर पंकजलाई पक्राउ गरेको बताइएको छ ।
मंगलवार साँझ पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले पुष्टि गरे । उनले घरेलु हिंसा र दाइजोविरुद्धका मुद्दामा पंकजलाई पक्राउ गरेको बताए । पंकजमाथि कानून बमोजिम कारबाही प्रक्रिया थाल्ने पंगेनीको भनाइ छ ।महोत्तरीको औरही-१ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर-५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो । विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरू गरेका थिए । दसैँको टीकाको दुई दिनपछि नेहालाई श्रीमान्को टोकाइ र कुटपिटबाट थिलथिलो भएको अवस्थामा माइतीले उद्धार गरेर अस्पताल पुर्याएका थिए ।नेहा भन्छिन्, ‘श्रीमान् पंकजलाई मात्र पक्राउ गरेर हुँदैन । मलाई कुटपिट गर्ने र घर निकाला गर्नेमा सासू-ससुरासहित उनको परिवारका सबै सदस्य संलग्न छन् । उनीहरूलाई पनि पक्राउ गरी कारबाही गर्नुपर्छ ।’
पंकज पक्राउ परेपछि उनका परिवारका सबै सदस्य फरार भएका छन् । घरको मुख्यद्वारमा अहिले ताला लागेको छ । एसपी पंगेनीले अहिले पंकजलाई पक्राउ गरेको र अन्यलाई पक्राउ गर्नुपरे आवश्यकताअनुसार पछि गर्ने बताए ।नेहा र पंकज तीन वर्षको प्रेम सम्बन्धपछि पारिवारिक सहमतिमा विवाह गरेका थिए । ७७ साल फागुनमा ईंगेजमेन्ट भएपछि पंकजले नेहाको परिवारसित विभिन्न डिमान्ड गरेर दु:ख दिन थालेका हुन् । अन्ततः ईंगेजमेन्टको एक वर्षपछि गत फागुनमा विवाह भएको थियो । आफ्नो औराही बजारमा भएको घर र जग्गासमेत बेचेर परिवारले धुमधामसँग छोरीको विवाह गरिदिएको थियो ।नेहाको परिवारका अनुसार विवाहमा ६२ लाखको चेक, २० लाखको सुन तथा ५०-६० लाख चाँदीका गहना दाइजो दिइएको छ । तर, बिहेपछि पंकजले काठमाडौंमा घरसमेत दिनुपर्ने डिमान्ड राख्न थालेका थिए । दाइजोको विवादकै कारण विवाहको केही महिनादेखि श्रीमान् र सासूले आफूलाई यातना दिने गरेको नेहाले बताएकी छन् ।पंकज एमबीबीएस डाक्टर हुन् । उनले जिल्ला अदालत महोत्तरीमा डिभोर्स मुद्दा दर्ता गराइसकेका छन् । हिंस्रक श्रीमान्विरुद्ध नेहाले पनि घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी छन् ।साभार : नेपाल प्रेस
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..
4 दिन पहिले
मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..
4 दिन पहिले
कमेन्ट गर्नुहोस्