`

पूर्व अभिनेत्री सोमी अलीको सलमानमाथि शारीरिक शोषणको आरोप : भन्छिन्, ‘वर्षौंसम्म चुरोटले पोले’

4 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

काठमाडौं । बलिउड अभिनेत्री सोमी अलीले आफ्नो सामाजिक सञ्जालमा सलमान खानको नाम नलिई ठूलो हमला गरेकी छन् । सोमी अलीले आफ्नो पोस्टमा सलमान खानसँगको पुरानो तस्बिर सेयर गर्दै शारीरिक शोषणको आरोप लगाएकी छिन् । यद्यपि, सोमीले यो पोस्ट तत्कालै डिलिट गरिन् । सोमीले आफ्नो पोस्टमा सलमान खान बाहेक सलमान खानलाई समर्थन गर्ने अभिनेत्रीमाथि पनि हमला गरेकी छिन् । सोमी अली कुनै समय सलमान खानकी प्रेमिका थिइन् । पछिल्लो समय उनले सलमान खानमाथि बारम्बार हमला गरिरहेकी छिन् ।

म आफ्नो पक्षमा ५० जना वकिल खडा गर्नेछु

सोमीले हालै आफ्नो र सलमानसँगको पुरानो तस्विर सेयर गर्दै लेखेकी छिन्, ‘अब धेरै कुरा हुनेछ । मेरो शो भारतमा प्रतिबन्धित भयो र त्यसपछि मलाई वकिलमार्फत् धम्की दिइयो । तिमी कायर हौ । यदि तिमीले मलाई वकिलहरुको डर देखाउँछौ भने म पनि आफ्नो सुरक्षामा ५० वकिल खडा गरिदिन्छु । उनीहरु सबैले मलाई चुरोटले पोलिदिने र शारीरिक उत्पीडनबाट बचाउनेछन् जुन तिमीले ममाथि वर्षौँससम्म गर्यौ ।’

तिमीलाई समर्थन गर्ने सबैलाई धिक्कार छ

सोमीले आफ्नो पोस्टमा थप लेखेकी छिन्, ‘महिलामाथि आक्रमण गर्ने पुरुषलाई समर्थन गर्ने सबै महिला कलाकारहरूमाथि धिक्कार छ । तिमीलाई समर्थन गर्ने पुरुष कलाकारलाई पनि धिक्कार छ । ध्यान रहोस्, तिमीले आफ्नो इन्सोल लगाएको छौ किनभने तिम्रो हाइट पाँच फिट ६ इन्च मात्रै छ । अब यो वार कि पारको लडाईं हो ।’

उनले आफ्नो पोस्टमा कसैको नाम नलेखेको भए पनि सलमानसँगको फोटो सेयर गरेपछि अनुमान लगाउन सकिन्छ कि उनका यी सबै कुरा सलमान खानप्रति इंगित छ ।

यसअघि पनि सलमानबारे लेखिसकेकी छिन्

यस वर्षको मार्चमा सोमीले सलमानको फिल्म मैने प्यार कियाको एक तस्बिर सेयर गरेकी थिइन् । सोमीले उक्त तस्बिरको क्याप्सनमा लेखेकी थिइन् – बलिउडका हार्वे वाइन्स्टिन, तिम्रो पर्दाफास हुनेछ जुन महिलालाई तिमीले दुर्व्यवहार गरेका छौ, त्यो एकदिन पक्कै पनि सार्वजनिक हुनेछ । उनीहरुले आफ्नो वास्तविकता बताउनेछन् जस्तै ऐश्वर्या राय बच्चनले गरेकी छिन् ।

‘मैने प्यार किया’ हेरेपछि उनी सलमानसँग फिदा भएकी थिइन्

सोमी अली अमेरिकामा बस्थिन् । जब उनले सलमान खानको फिल्म ‘मैने प्यार किया’ हेरिन्, उनी सलमानप्रति फिदा नै भइन् । उनी सलमानसँग यति मोहित भइन् कि उनले भारत आएर उनीसँग विवाह गर्ने निर्णय गरिन् । उनी भारत आएर केही समय सलमानसँग सम्बन्धमा पनि रहिन् । यस क्रममा उनले कमिला, माफिया र आन्दोलन जस्ता फिल्ममा काम गरिन् । केही समयपछि उनको र सलमानको सम्बन्ध टुट्यो र उनी फेरि अमेरिका गइन् । साभार : रातोपाटी

`
12 comments
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..

4 दिन पहिले

मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..

4 दिन पहिले