समायोजन भएका ठुला विद्यालयलाई बस प्रदान गरिने
2 वर्ष पहिले प्रकाशित
Khojkhulasa

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समायोजन भएर बनेका ठुला विद्यालयलाई बस प्रदान गर्ने भएको छ । केन्द्रको वार्षिक कार्यक्रम अनुसार अनुदान प्रदान कार्यक्रम भएकाले त्यसका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ । त्यसका लागि उनीहरूले स्थानीय तह र शिक्षा विकास तथा समन्वय ईकाईको सिफारिसमा १५ दिनभित्र प्रस्ताव पेश गरिसक्नुपर्नेछ ।
दुई वा दुई भन्दा बढी विद्यालय समायोजन भई बनेका विद्यालयमा कम्तीमा तराईमा १८००, पहाडमा १२०० र हिमालमा ६०० विद्यार्थी भएका विद्यालयलाई बस प्रदान गरिने केन्द्रले जनाएको छ । प्रस्ताव पेश गर्ने विद्यालयहरूको लागि विभिन्न आधार तोकिएको छ । सामुदायिक विद्यालयको रूपमा अनुमति वा स्वीकृति प्राप्त गरी नियमित रूपमा कक्षा १२ सम्म सञ्चालन भएको विद्यालय हुनुपर्नेछ । विद्यालयमा नियमानुसार विद्यालय व्यवस्थापन समिति गठन भएको हुनुपर्नेछ ।
त्यस्तै शैक्षिक सत्र २०७७/०७८ वा शैक्षिक सत्र २०७९ मा दुई वा सोभन्दा बढी विद्यालयहरू एक आपसमा समायोजन वा मर्ज भएको हुनुपर्नेछ । विद्यालयमा बाह्रै महिना सजिलोसँग आवतजावत गर्न मिल्ने भरपर्दो बाटो भएको हुनुपर्नेछ । बस सञ्चालनका लागि फ्युल, मर्मत तथा चालक र सहचालकको खर्च विद्यालय आफैंले वा स्थानीय तहले व्यहोर्ने प्रतिबद्धता हुनुपर्नेछ ।साभार : रातोपाटी
एका बिहान भर्ना अभियानको ब्यानर र प्ले कार्डसहित देखिए श..
राहुल कुमार सिंह शिक्षा क्षेत्रमा मधेश प्रदेशमै आफनो फरक पहिचान बनाउन सफल गोगल प्रसाद नमुना माध्यमिक विद्यालयल..
8 दिन पहिले
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..
सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..
5 दिन पहिले
सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..
सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..
5 दिन पहिले
कमेन्ट गर्नुहोस्