प्रधानमन्त्रीमा मेरो दाबेदारी छ : रामचन्द्र पौडेल
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa
काठमाडौं । प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वाभाविक रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीमा स्वभाविक दोबदारी रहेको बताएका हुन् । कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक भएको बताए । ‘‘गठबन्धनको बहुमत पुगेको छ। गठबन्धनको सरकार बन्छ। दलहरुबीच सल्लाह हुँदै छ,’ उनले भने,‘म प्रधानमन्त्रीको स्वाभाविक उम्मेदवार हो। अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो।’ पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उनले बताए। पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलको भनाइ छ। ‘सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरु साथीहरु पनि खुला हुनुहुन्छ। तर अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेस्ट गर्नुपर्ने मान्छे म मात्र हो’ उनले भने,‘पार्टी सभापतिले मेरो प्रस्तावलाई सहजरुपमा नै लिनुभएको छ। सल्लाह गरौँला भन्नुभएको छ। सल्लाह हुन्छ।’साभार : कोसी अनलाइन
जनकपुरधाममा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप श..
जनकपुरधाम, वैशाख १३ छाडा कुकुरको संख्या नियन्त्रण तथा रेविज रोग न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगर..
6 दिन पहिले
जनकपुरधाममा मासुमा ठगी र अस्वस्थकर अभ्यास बढ्दो, उपमहान..
जनकपुरधाम — दिनप्रतिदिन बढ्दै गएको महँगीका बीच उपभोक्ताले गुणस्तरीय वस्तु नपाउने समस्या झन् गम्भीर बन्दै गएक..
3 दिन पहिले
कमेन्ट गर्नुहोस्