`

महेन्द्र यादवलाई झिनाे मतले हराउँदै धनुषा ४ बाट एमाले सचिव रघुवीर विजयी

4 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई झिनाे मतले हराउँदै  नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी  भएका छन् ।एमालेका रघुवीर महासेठ ३२ हजार २३६  पाएर विजयी भएका हुन्  भने  कांग्रेसका सह–महामन्त्री यादवले ३२हजार ११२ मत पाएर पराजित भए ।  महासेठले १२४ मतले पछि पार्दै यादवमाथि जित निकालेका हुन् ।दुई हेभीवेटबीच यहाँ कडा टक्कर चलेको थियो । सुरूवातदेखि नै निरन्तर पछाडि परेका महासेठलाई अन्तिममा गणना गरिएको मिथिला नगरपालिका वडा नम्बर ११ को भोटले बलियो साथ दियो ।सोमबार रातिसम्म यादवभन्दा महासेठ ७ देखि ९ सय मतले पछि थिए । आज बिहान मिथिला ११ को गणना थालेसँगै मासेठले लिड गरेका थिए ।७४ मा पनि यादवलाई महासेठले पराजित गरेका थिए । त्यतिबेला माओवादी महासेठको साथमा थियो । एमालेबाट फुटेर बनेको नेकपा एसको पनि यस क्षेत्रमा प्रभाव छ ।तर, यो पटक यादव माओवादी, नेकपा एस र लोसपासँगको समर्थनमा सत्तागठबन्धनका साझा उम्मेदवार थिए । मधेसका अधिकांश क्षेत्रमा एमाले- जसपाको तालमेल हुँदा पनि यहाँ एमाले एक्लै चुनाव लडेको थियो ।जसपाले महाजन यादवलाई उम्मेदवार बनाएको थियो । उनी तेस्रो स्थानमा सीमित बने । जसपा- एमाले तालमेल गराउन महासेठले भूमिका खेलेका थिए ।धनुषा ३ बाट महासेठपत्नी जुलीकुमारी महतो भने विजयी भइसकेकी छन् । एमाले नेतृ जुलीलाई जसपाले सहयोग गर्दा सत्ता गठबन्धनका उम्मेदवार लोसपा नेता अनिल झाला पराजित भएका थिए ।साभार : नेपाल प्रेस

`
12 comments
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..

5 दिन पहिले

मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..

5 दिन पहिले