महोत्तरी ३ मा लोसपाका अध्यक्ष ठाकुर विजयी
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa

जलेश्वर । महोत्तरीको निर्वाचन क्षेत्र ३ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर विजयी हुनुभएको छ । शुक्रबार साँझ सम्पन्न मतगणना परिणामअनुसार लोसपा अध्यक्ष ठाकुर आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई दुई हजार पचास मतान्तरले निर्वाचित हुनुभएको हो । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार समेत रहनु भएका अध्यक्ष ठाकुर १६ हजार ३७५ मत ल्याएर विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाको सुरुवाती चरणमा स्वतन्त्र उम्मेदवार रामआधार कापर अग्रस्थानमा रहे पनि अन्तिम परिणाम आउँदासम्म उहाँ १२ हजार ७३३ मत ल्याएर तेस्रो स्थानमा खुम्चिनुभयो । यसअघि २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा अध्यक्ष ठाकुर सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।साभार : गोरखापत्र
एका बिहान भर्ना अभियानको ब्यानर र प्ले कार्डसहित देखिए श..
राहुल कुमार सिंह शिक्षा क्षेत्रमा मधेश प्रदेशमै आफनो फरक पहिचान बनाउन सफल गोगल प्रसाद नमुना माध्यमिक विद्यालयल..
5 दिन पहिले
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..
सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..
2 दिन पहिले
सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..
सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..
2 दिन पहिले
कमेन्ट गर्नुहोस्