`
महोत्तरी ४ बाट काँग्रेसका राय विजयी
2 वर्ष पहिले प्रकाशित
Khojkhulasa

`
बर्दिबास । महोत्तरी क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका महेन्द्रकुमार राय निर्वाचित हुनुभएको छ । रायले जनता समाजवादी पार्टीका डा. सुरेन्द्रकुमार यादवलाई चार हजार बढी मतले पछि पार्दै विजयी हुनुभएको हो । रायले २५ हजार ४२० मत प्राप्त गर्नुभएको छ । पराजित यादवले २१ हजार २९६ मत ल्याउनुभएको छ । राय र यादवबीचको मतान्तर चार हजार १२४ मत छ । जनमतका मनोजकुमार साहले दश हजार ३९ मत प्राप्त गर्नुभएको छ । साभार : गोरखापत्र
`
१ लाख ९० हजार नाघ्यो सुन
सुनको भाउ तोलामा १ लाख ९० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्र..
5 दिन पहिले
कमेन्ट गर्नुहोस्