`

महोत्तरी ३ (क), (ख) मा लोसपाका अभिराम र तिवारी विजयी

4 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

जलेश्वर । महोत्तरी निर्वाचन क्षेत्र नं. ३ को (क)मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अभिराम शर्मा र (ख) मा रानी कुमारी तिवारी विजयी हुनु भएको छ । निर्वाचन क्षेत्र नं. ३ (क) र (ख)मा विजय हुनु भएका लोसपा नेता शर्मा र तिवारी यस अघि २०७४ मा पनि सोही क्षेत्रबाट विजयी हुनु भएको थियो । महोत्तरीमा लोसपा नेपालको विजयी पहिलो हो । लोसपा नेता शर्मा आफ्ना निकटतम प्रतिद्वन्द्व जनता समाजवादी पार्टी (जसपा) नेपालका दिपेन्द्र झालाई मात्र १७४ फरक मतले विजय हुुन भएको छ । शर्माले ९ हजार ८९२ मत ल्याउनु भएको छ भने झाले ९ हजार ७१८ मत ल्याउनु भयो । यसै गरी निर्वाचन क्षेत्र नं. ३ (ख) मा लोसपा नेता तिवारीले ६ (छ) हजार ४१४ मत ल्याएर विजयी हुनु भएको छ । तिवारीका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार उज्ज्वल झाले ५ हजार ४८९ मत ल्याउनु भएको थियो भने एमाले उम्मेदवार राम दयाल मण्डल ४ हजार ५६० मत ल्याउनु भएको थियो । तिवारीले आफ्नो निकटतम प्रतिद्वन्द्वी सँग ९२५ मतको मतान्तरले विजयी हुनु भएको छ । साभार : गोरखापत्र

`
12 comments
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..

5 दिन पहिले

मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..

5 दिन पहिले