प्रारम्भिक गणनामा माओवादी, जसपा र नेकपा एसका उम्मेदवारले अग्रता लिन सकेनन्
4 वर्ष पहिले प्रकाशित
Khojkhulasa
काठमाडौं । देशभरको प्रारम्भिक मतगणनामा सत्ता गठबन्धन समग्रमा पछि पर्दा गठबन्धनका मुख्य दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कतै पनि अग्रता कायम गर्न सकेका छैनन् ।गठबन्धनमा माओवादीको भागमा परेका ललितपुर ३, झापा २, काठमाडौं ७ मा भइरहेको मतगणनामा तीनै ठाउँमा माओवादीका उम्मेदवार पछि परेका छन् । त्यस्तै नेकपा एसको भागमा परेका कास्की २ र काठमाडौं ८ मा दुवै उम्मेदवार तेस्रो र चौथो स्थानमा छन् ।माओवादीको भागमा परेको झापा २ मा एमालेका देवराज घिमिरेले फराकिलो अग्रतासहित माओवादीका हरि रानालाई पछि पारेका छन् । त्यस्तै ललितपुर ३ मा पम्फा भुसाल एमालेका अमृत खड्काभन्दा पछि परेकी छन् ।काठमाडौं ७ मा एमालेका श्याम घिमिरेले अग्रता लिँदा मानुषी यमी भट्टराई तेस्रो स्थानमा छिन् ।हालसम्म १३ निर्वाचन क्षेत्रमा मतगणना भइरहेकोमा मुस्ताङमा कांग्रेसले जीत हासिल गरिसकेको छ । बाँकी निर्वाचन क्षेत्रमध्ये झापा २, धनुषा ३, ललितपुरका तीनवटै र काठमाडौं ७ मा एमालेले अग्रता लिएको छ । त्यस्तै बाँके ३ मा पनि एमालेको अग्रता छ ।कांग्रेसले भक्तपुर २ र काठमाडौं १ मा अग्रता कायम राख्दा लौरोले कास्की २ र काठमाडौं ६ मा अग्रता लिएको छ । सीके राउतले सप्तरी २ मा अग्रता लिएका छन् ।साभार : नेपाल प्रेस
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..
5 दिन पहिले
मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..
5 दिन पहिले
कमेन्ट गर्नुहोस्