`

निर्वाचनमा गठबन्धन गर्नु लोसपाको बाध्यता : अध्यक्ष ठाकुर

4 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

जलेश्वर,  कात्तिक   २१ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा  विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पार्नुभएको छ । महोत्तरी सदरमुकाम जलेश्वरमा आइतबार आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्रको सार्वजनिक गर्दै उहाँले मधेसी जनतालाई थप अधिकार सम्पन्न बनाउनका लागि विभिन्न ठूला दलसँग निर्वाचनमा सहकार्य गरेको बताउनुभयो ।  अध्यक्ष ठाकुरले मधेस आन्दोलनका क्रममा उठेमा आवाजलाई पूरा गर्न र मधेसलाई न्याय दिलाउनका लागि लोसपाले गठबन्धन गर्नुपरेको हो भन्नुभयो  । उहाँले भन्नुभयो, “ जेलमा रहेका साथीहरूलाई  निकाल्नुपर्ने छ, झुटा  राजनीतिक मुद्दा खारेज गराउनुपर्ने छ, नागरिकता र संविधान संशोधनको मुद्दा सम्बोधन गराउनुपर्ने छ । साथै मधेस र मधेसीलाई अधिकार सम्पन्न बनाउनु पर्ने छ ।  त्यसैले गठबन्धन लोसपाको बाध्यता हो । ”

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा अध्यक्ष ठाकुरले मधेस र मधेसी जनतालाई थप हक अधिकार दिलाउन  लोसपा सक्षम रहेको छ भन्नुभयो ।  घोषणापत्रमासमेत मधेस र मधेसीलाई नागरिकतादेखि संविधानसम्म हकअधिकारको प्रत्याभूति, शिक्षा, स्वास्थ्य, कृषि, लोकतन्त्रको रक्षा, पहिचानसहितको सङ्घीयता, संसदीय व्यवस्थाको निरन्तरता, राष्ट्र हितमा ठोस र व्यावहारिक विदेश नीतिको निर्माण, सुशासन, सदाचार भ्रष्टाचारमुक्त समाज निर्माण, महिला सशक्तीकरण, युवा सशक्तीकरणलगायतका विषयलाई समावेश गरिएको छ । सो कार्यक्रममा नेता शरतसिंह भण्डारी, अनिलकुमार झा र उमाकान्त झाले संयुक्तरुपमा घोषणापत्र सार्वजनिक गर्नुभएको थियो । साभार : गोरखापत्र

`
12 comments
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..

5 दिन पहिले

मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..

5 दिन पहिले