तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेमा लैङ्गिक हिंसा सम्बन्धी लोक गीत प्रतियोगिता
4 वर्ष पहिले प्रकाशित
Khojkhulasa


दिपक बस्नेत
मंसिर २०, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेमा लैङ्गिक हिंसा सम्बन्धी लोक गीत प्रतियोगिता भएको छ ।
''घरदेखि शुरु गरौं, महिला विरुद्धको हिंसा अन्त्य गरौं" भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान संचाल भइरहेको सन्र्दभमा तामाकोशी गाउँपालिका वडा नम्बर ५ आयोजनामा लोक गित प्रतियोगित संचालन भएको हो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेमा भएको कार्यक्रममा वडा भित्रका ६ वटा समुहको सहभागिता रहेको थियो । वडा नम्बर ५ सहरेका वडा सचिव रितु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पिपलडाँडा र कालिका आमा समुह प्रथम , राधाकृष्ण आमा समुह द्धितिय, लगनशिल आमा समुह तृतिय र कालिका जनजाग्रिती आमा समुह शान्तोना भएका छन् । वडा नम्वर ५ सहरेका कार्यवाहक वडा अध्यक्ष अर्गलाल चौलागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रममा वडा भित्रका राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगाएत उल्लेख्य महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा शंकेश्वर बचत तथा ऋण सहकारीका अध्यक्ष रुद्रप्रसाद चौलागाई, भविष्य निर्णमाण बचत तथा ऋण सहकारीका उपाध्यक्ष जनक खड्का लगाएतले मन्तव्य व्यक्त गर्नु भउको थियो ।
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..
4 दिन पहिले
विद्यालय शिक्षा विधेयक असार १३ गते पास गर्ने शिक्षा समि..
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयार..
6 दिन पहिले
केन्द्रीय कमिटी बैठक एमालेले बोलायो
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको पार्टीको सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय ..
6 दिन पहिले
शिक्षा विधेयकमा निर्णय लिन बोलाइयो संसदीय समिति बैठक
विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बिहीबार १ बज..
6 दिन पहिले
कमेन्ट गर्नुहोस्