`

तामाकोशी गाउँपालिका ४ मालू डाँडागाउँमा संचालनमा रहेको दाजुभाई किराना पसल भत्कियो, क्षतिको विवरण आउँन वाँकी

4 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

दिपक बस्नेत
श्रावण ३०, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालू डाँडागाउँमा संचालनमा रहेको दाजुभाई किराना पसल भत्केर तिन कान्लामुनि पुगेको छ ।
विगत लामो समयदेखि संचालनमा रहेको किराना पसलमा सम्पुर्ण सुविधा रहेको थियो । आज करिव ३ः४५ बजेरतिर एक्कासि ठूलो आवज गरि पल्टिएको प्रत्यक्षदर्शिको भनाई छ ।
पसल पल्टिनु भन्दा केहि समय आगाडी ठूलो पानी परेको थियो । पसलमा कोहि नभएको हुँदा मानविय क्षति भने भएको छैन । पसलमा रहेका सम्पुर्ण समाग्री पुरिएका छन् । पुरिएका समाग्री स्थानियको सहयोगमा संकलन गर्ने काम भइरहेको छ । कति क्षति भयो भन्ने एकिन भन्न नसकिने वताइएको छ । पसलमा भएका सम्पुर्ण समग्री क्षति हुनका साथै पसलको मुनि पालिएका कुखुरा भने केहि मरेको बताइएको छ ।

`
12 comments
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..

सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..

6 दिन पहिले

सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..

सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..

6 दिन पहिले