तामाकोशी गाउँपालिकामा कोभिड १९ संक्रमणको प्रतिअसर न्युनिकरणका लागि आयुर्वेद औषधी वितरण
4 वर्ष पहिले प्रकाशित
Khojkhulasa

दिपक बस्नेत
असार २६, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरे र वडा नम्बर ३ जफेमा कोभिड १९ संक्रमणको प्रतिअसर न्युनिकरणका लागि आयुर्वेद औषधी वितरण गरिएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाको समुन्वयमा पालिकाको वडा नम्बर ५ सहरे र वडा नम्बर ३ जफेमा औषधी वितरण गरिएको हो । तामाकोशी गाउँपालिकाको सहरे कोभड संक्रमितको संख्या धेरै भएको वडा हो । वडामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर पुनम नेपालको टोलिले औषधी वितरण गरेको छ । आज वितरण गरिएको आयुर्वेद औषधीहरुमा अविपट्टीकर, तितोपलादी, असोगन्धा लागाएतका २५ किसिमका शक्तिबर्दक औषधी वितरण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाका विमल श्रेष्ठले जानकारी दिनु भयो ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाका व्यवस्थापन समिति अध्यक्ष जानुका न्यौपानेले कोभिड संक्रमण भईसकेपछि आउँने समस्यालाई मध्यनजर गरि प्रतिअसर न्युनिकरणका लागि शक्तिवर्दक आयुर्वेद औषधी वितरण गरिएको बताउँनु भयो ।
स्थानिय स्तरमा औषधी वितरणको सहजिकरण तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेले गरेको थियो भने पालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेल, प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्रले निरिक्षण गर्नुभएको थियो ।
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..
सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..
6 दिन पहिले
सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..
सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..
6 दिन पहिले
कमेन्ट गर्नुहोस्