तामाकोशी गाउँपालिकामा आज २६ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाले कोरोनालाई जिते ।
4 वर्ष पहिले प्रकाशित
Khojkhulasa


दिपक बस्नेत
जेठ १४, तामाकोशी ।
तामाकोशी गाउँपालिमा आज २६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । आजै पालिका भित्रका संक्रमित मध्ये १९ जनाले कोरोनालाई जितेका छन् ।
आज गाउँपालिकाको वडा नम्वर ३ जफेमा ३ जना, वडा नम्वर ४ मालूमा १ जना, वडा नम्वर ५ सहरेमा ५ जना, वडा नम्वर ६ च्यामामा १७ जना गरि २६ जनामा संक्रमण पुष्टि भएको पालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिनुभयो ।
तामाकोशी गाउँपालिका भित्र सक्रिय संक्रमित संख्या २१६ जना रहेको पालिकाले जनाएको छ । जस्मा १०३ जना महिला संक्रमित र ११३ जना पुरुष रहेका छन् । पालिकाले हाल सम्म ६६५ जनाको पिसिआर र एन्टिजिन परिक्षण गरेको छ । परिक्षण गरिएका मध्ये ३०१ जनामा पोजेटिभ देखिएको छ भने ८५ जनाले कोरोनालाई जितिसकेका छन् ।

नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाद्वार..
नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाको आयोजनामा आज धर्ना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध..
5 दिन पहिले
कमेन्ट गर्नुहोस्