`

एका बिहान भर्ना अभियानको ब्यानर र प्ले कार्डसहित देखिए शिक्षक र विद्यार्थी

13 घन्टा पहिले प्रकाशित

Khojkhulasa

`

राहुल कुमार सिंह
शिक्षा क्षेत्रमा मधेश प्रदेशमै आफनो फरक पहिचान बनाउन सफल गोगल प्रसाद नमुना माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियानलाई निरन्तरता दिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ बसहियास्थित उतm विद्यालयले ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान विद्यालयले शुरु गरेको हो । सोमवार एका बिहान भर्ना अभियानको ब्यानर र प्ले कार्ड बोकेका विद्यालयका शिक्षक , कर्मचारी र विद्यार्थीहरुले विद्यालय वरपरका समुदायमा बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आग्रह गर्दै गरेको देखिए । विद्यालय प्रांगनबाट शुरु भएको सो भर्ना अभियान रैली जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ को बसहिया , सोनापारा सहितका स्थानहरुको परिक्रमा गरी पुनः विद्यालय पुगी सम्पन्न भएको थियो । रैलीमा शिक्षक , कर्मचारी, कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु , स्थानीय जनप्रतिनीधि , स्थानीय राजनीनितिक दलका प्रतिनीधि र स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । भर्ना अभियानकै क्रममा विद्यालयमा हालसम्म कक्षा ६ देखि ९ सम्ममा प्रवेशका लागि ५ सय २० जना विद्यार्थी प्रवेश परिक्षामा सहभागिता जनाएका थिए जस मध्ये ४४० जना विद्यार्थी उत्तिर्ण भएका छन । विद्यालयमा हाल करिब ३ हजार ७ सय विद्यार्थी अध्यनरत्त छन ।
शिक्षा पाउनु हरेक बालबालिकाको संविधान प्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार रहेको भन्दै विद्यालयका प्रधानाध्यापक महावीर दासले गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि विद्यालयले विभिन्न प्रयासहरु गर्दै आएको बताएका छन् । एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी रहेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्रुधन प्रसादले यसका लागि हामी अविभावकहरुबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक रहेकोमा जोड दिएका छन । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ का कार्यवाहक अध्यक्ष शेषनाथ मंडलले गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि स्थानीय सरकारले विभिन्न प्रयासहरु गर्दै आएको बताएका छन् ।
अभियनमा सहभागीहरुले सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्नमा जोड दिएका छन । सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको सहभागीहरुले विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामथ्र्यले भ्याएसम्म लगानी गर्दै आएको बताएका छन् । यी प्रयासहरुलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन सामूहिक प्रयास केन्द्रित हुने अपेक्षा सहभागीहरुले गरेका छन् ।

`
12 comments
एका बिहान भर्ना अभियानको ब्यानर र प्ले कार्डसहित देखिए श..

राहुल कुमार सिंह शिक्षा क्षेत्रमा मधेश प्रदेशमै आफनो फरक पहिचान बनाउन सफल गोगल प्रसाद नमुना माध्यमिक विद्यालयल..

13 घन्टा पहिले