जनकपुरधाम उप– महानगरपालिकाले सरसफाईलाई दिए तिव्रता
3 महीना पहिले प्रकाशित
Khojkhulasa


जनकपुरधाम उप– महानगरपालिकाले सरसफाईलाई तिव्रता दिएको छ । जनकपुरधाम उप–महानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह बिहानै आफै नगरको विभिन्न स्थानहरुमा झारु लिएर सरसफाईमा जुटेका छन । उनी उपमहानगरपालिकाको वडा नं. १५ स्थित हनुमान गढी मन्दिर वरिपरि सरसफाईमा व्यस्त देखिए । फोहरमैला सडकमै फ् याक्ने परिपाटी अहिले सम्म नबदलेका कारण दिनहुँ सडक फोहर हुनुको साथै दुर्गन्धित हुने गरेका छन् । सडकको सरसफाई संगै पानीले धोएर सडकमा रहेका बालुवाहरु समेत हटाइएको छ । स्थानीयहरुसंगै जनकपुरधाम उप– महानगरपालिकाका कर्मचारीहरु समेत सो सरसफाई कार्यमा सहभागी भएका थिए । लैण्डफिल्ड साइट निर्धारण हुन नसकेपछि फोहर व्यवस्थापनका समस्या खेपी रहेका जनकपुरधाम उप–महानगरपालिका अस्थायी व्यवस्थापनको व्यवस्था गरिएपनि दिनै पिच्छै समस्या आउने गरेका छन् । एडिवीको ऋण सहयोगमा बनेको जनकपुरधामका चम्कीला सडकहरु बिगतमा फोहरका कारण दुर्गन्धित हुने गरेको समय नगर प्रमुख साहले सरसफाईलाई तिव्रता दिएपछि निकै नै सुधार देखिएको छ । लैण्डफिल्ड साइड व्यवस्थापनमा राजनीतिक दलका नेताहरुले आफ्ना निहित स्वार्थमा फसेर ल्याण्डफिल्ड साइड निर्धारण गर्न समस्या भएको नगर प्रमुख साहले बताए । लैण्डफिल्ड साइड त्यहा निर्धारण नभएकै कारण फोहर व्यवस्थापन गर्न कठिनाइ भई रहेको भएपनि उप–महानगरका मेयर साहले बैकल्पिक व्यवस्थाहरु गर्दै आई रहेका छन् ।
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..
4 दिन पहिले
विद्यालय शिक्षा विधेयक असार १३ गते पास गर्ने शिक्षा समि..
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयार..
6 दिन पहिले
केन्द्रीय कमिटी बैठक एमालेले बोलायो
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको पार्टीको सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय ..
6 दिन पहिले
शिक्षा विधेयकमा निर्णय लिन बोलाइयो संसदीय समिति बैठक
विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बिहीबार १ बज..
6 दिन पहिले
कमेन्ट गर्नुहोस्