साउथ प्वाईंट ईंगलिस बोर्डिंग स्कुल कक्षा १० का विद्यार्थीहरुलाई विदाई
4 महीना पहिले प्रकाशित
Khojkhulasa


जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ स्थित साउथ प्वाईंट ईंगलिस बोर्डिंग स्कुलमा कक्षा १० मा अध्यनरत्त विद्यार्थीहरुको शनिवार एक कार्यक्रमका बीच विदाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक अजय कुमार साहको अध्यक्षता र नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष रामप्रकाश साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई आउदै गरेको एस ई इ परिक्षाको सफलताको शुभकामना सहित शैक्षिक उन्नती प्रगतीको कामना गर्दै मायाको चिनो समेत प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको उज्ज्वल भविष्यको कामना गर्नुका साथै आफूले आर्जन गरेको ज्ञान र सिपलाई दैनिक जीवन र व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीले शिक्षासँगै समाजका हरेक क्षेत्रमा अब्बल हुने गरी काम गर्न शुभकामना व्यक्त गरे । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक अजय कुमार साहले विद्यार्थीहरुलाई परिक्षामा अनुशासित भई निर्धक्कसंग परिक्षा दिइ राम्रो अंक ल्याउन समेत भनेका छन । कार्यक्रममा मयााके चिनो ग्रहण गर्दै कक्षा १० का विद्यार्थीहरुले आफुहरुलाई विदाई गरेकोमा धन्याबाद ज्ञापन गर्दै आफुहरु जहा र जुन अवस्थामा भएतापनि यस विद्यालय प्रति सदैव माया रहिरहने बताएका थिए । कार्यक्रममा अतिथिको रुपमा विद्यालयका पुर्व विद्यार्थीहरुले आफुहरु यस विद्यालयकै कारण आज स्थापित भएको बताए ।सो अवसरमा विद्यार्थीहरुद्धरा सास्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..
5 दिन पहिले
कमेन्ट गर्नुहोस्