`

नगर प्रमुख साहको सक्रियतामा आगलागी नियन्त्रणमा

2 महीना पहिले प्रकाशित

Khojkhulasa

`

राहुल कुमार सिंह
जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १२ हनुमाननगरमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको छ । जनकपुरधाम उपमहानगरपालिका नगर प्रमुख मनोज कुमार साहको सक्रियतामा उपमहानगरपालिकाको वडा नं. १२ हनुमाननगरस्थित बिन्देश्वर यादवले परालको टालमा भएको आगलागी बिहान ७ बजेपछि नियन्त्रणमा आएको उपमहानगरपालिका बारुण नियन्त्रण शाखाले जानकारी दिएका छन । बिहान साढे ४ बजेदेखि आगलागी भएको थियो ।
’अहिले नियन्त्रणमा आइसकेको छ, कसरी आगो लाग्यो भनेर बुझिरहेका छौं,’ नगरपालिकाले जनाएका छन ।
नगर प्रमुख साहले आगलागीबाट परालको दुई वटा टाल जलेर नष्ट भएको र समयमै आगलागी नियन्त्रणमा लिईएका कारण क्षति हुन बाट जोगिएको जानकारी दिएका छन ।
’अहिले आगो नियन्त्रणमा आइसकेको छ, मानवीय क्षति छैन । भौतिक क्षति के कति भयो भनेर विवरण संकलन गर्दैछौं,’ उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाबाट गएको दमकल प्रयोग गरी आगो निभाइएको हो ।

`
12 comments
एका बिहान भर्ना अभियानको ब्यानर र प्ले कार्डसहित देखिए श..

राहुल कुमार सिंह शिक्षा क्षेत्रमा मधेश प्रदेशमै आफनो फरक पहिचान बनाउन सफल गोगल प्रसाद नमुना माध्यमिक विद्यालयल..

7 दिन पहिले

‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..

सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..

4 दिन पहिले

सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..

सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..

4 दिन पहिले