`
८२५ शिक्षकले त्यागे दलका सदस्यता
6 महीना पहिले प्रकाशित
Khojkhulasa
`
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले १०० दिनको अवधिमा ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेको जानकारी दिएकी छन् । शिक्षामन्त्री श्रेष्ठले चैतमा शिक्षकहरुलाई राजनीतिक आवद्धता त्याग्न निर्देशन दिएकी थिइन् । साथै कुनै शिक्षक दलमा आवद्ध भए उजुरी दिन समेत आह्वान गरेकी थिइन् । मन्त्री भएको १०० दिनमा गरेको कामबारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गरेकी मन्त्री श्रेष्ठले हालसम्म ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेको जानकारी दिइन् ।
उनका अनुसार २० जनाले भने शिक्षण पेशाबाट राजीनामा दिएका छन् । ४५ जना शिक्षकविरुद्ध उजुरी परेको थियो, जसमध्ये ४१ जनालाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण सोधिएकामध्ये ४ जनाले सफाइ पाएका छन् ।
`
कमेन्ट गर्नुहोस्