`

अस्थायी कोभिड अस्पताल मालूमा अक्सिजन सहितको ४ बेड थप

3 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

दिपक बस्नेत


जेठ ११, तामाकोशी ।

तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालूमा रहेको अस्थायी कोभिड अस्पतालमा अक्सिजन सहितको ४ बडे थप भएको छ ।
गाउँपालिका भित्र संक्रमितको संख्या बृद्धि भएसँगै पालिकाले पहिला भएको पाँच बेड सहित ४ बेड थपेर ९ बेड बनाएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले सामाजिक संजाल फेसबुकमा सार्वजनिक गर्नुभएको छ । उहाँले पालिका भित्र गम्भिर प्रकृतिको विरामि कोहि नभएको कोहि नआत्तिन पनि अनुरोध गर्नुभएको छ ।
तामाकोशी गाउँपालिकामा रहेका संक्रमित मध्ये आज १४ जना निको भए सँगै निको हुनेको संख्या ५२ पुगेको पालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिनु भयो । अव पालिका भित्र सक्रिय संक्रमितको संख्या १७५ रहेका छन् भने रिर्पोट आउँन बाँकी १०३ जना रहेको संयोजक मिश्रको भनाई छ ।

`
12 comments
उद्योग बाणिज्य संघको निर्वाचनलाई लिएर विभिन्न शंका उत्..

जनकपुरधाम उद्योग बाणिज्य संघको निर्वाचनलाई लिएर विभिन्न शंका उत्पन्न हुन थालेको छ । मतदाता परिचय पत्रमा देखिएक..

4 दिन पहिले