`

परिक्रमामा सहभागीहरुलाई उपमहानगरपालिकाद्धारा भव्य स्वागत

1 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

राहुल कुमार सिंह
मिथिलाको महाकुम्भ मानिने मिथिला मध्यमा परिक्रमा शुरु भएको छ । धनुषाको मिथिला विहारी नगरपालिका कचुरीस्थित रहेको मठबाट डोला निस्केसँगै मिथिला मध्यमा परिक्रमाको शुरुवात भएको छ । नेपालकै सबैभन्दा लामो दूरीको १५ दिने मिथिला मध्यमा परिक्रमा यात्री आईतबार साँझसम्म जनकपुरधाममा पुगि विश्राम गर्नेछन् । जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गर्ने गरिन्छ । मिथिला महात्माका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ । फागुन शुक्ल औंसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर सोमबार भारतको कल्याणेश्वर जानेछ । हनुमानगढीबाट निस्केपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक शुरुवात हुन्छ ।
परिक्रमामा सहभागी श्रद्धालुहरुको लागि जनकपुरधाम उपमहानगरपालिकाद्धारा विश्रामस्थल , खानेपानी , विद्युत , शौचालय र निःशुल्क स्वास्थ्य शिविरको व्यवस्थापन गरिएको छ । उपमहानगरपालिकाले प्राथमिक उपचारसहित खानेपानी , विश्रामस्थलको व्यवस्थापन गरेको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले बताए ।
नेपालको धार्मिक ऐतिहासिक ठाँउहरुको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी जम्मा १ सय ३३ किलोमिटर भू–भागको यात्रा गर्नेछ । जसलाई मिथिला माध्यमा परिक्रमा भन्ने गरिन्छ । मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्नेछ । पुनः भारतको करुणा, विशौललगायतका धार्मिक स्थलहुँदै १४ औं दिनमा जनकपुरधाम पुग्नेछ । परिक्रमा महोत्तरीको कञ्चनवणमा पुगेपछि मिथिलामा होलीको सुरुवात हुन्छ ।

`
12 comments
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..

4 दिन पहिले

विद्यालय शिक्षा विधेयक असार १३ गते पास गर्ने शिक्षा समि..

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयार..

6 दिन पहिले

केन्द्रीय कमिटी बैठक एमालेले बोलायो

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको पार्टीको सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय ..

6 दिन पहिले

शिक्षा विधेयकमा निर्णय लिन बोलाइयो संसदीय समिति बैठक

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बिहीबार १ बज..

6 दिन पहिले