सिद्धार्थले विभिन्न कार्यक्रम गरि ४३ औं वार्षिकोत्सव मनाउंदै
2 वर्ष पहिले प्रकाशित
Khojkhulasa


शिक्षा क्षेत्रमा आफनो छुट्टै स्थान बनाउन सफल सिद्धार्थ शिशु सदनले आफ्नो ४३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउंदैछ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ भानु चोक अवस्थित सिद्धार्थ शिशु सदनले वार्षिकोत्सवको अवसरमा तिन दिने कार्यक्रको आयोजना गरेको छ । बिहीवार एक कार्यक्रमका बिच विधिवत रुपमा विद्यालयका संस्थापक प्रिन्सिपल राजु यादव र व्यवस्थापकीय निर्देशक शितल यादवले संयुक्त रुपमा वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरेका छन् । विद्यालयले विहीवार रक्तदान , विज्ञान प्रदर्शनी र आर्ट एण्ड क्राफटस सहितका कार्यक्रम गरेको छ । दोश्रो दिन शुक्रवार खाद्यान्न मेला र जानकी वृद्धाश्रम तथा कबीर बाल अनाथ आश्रमलाई सहयोग र तेश्रो दिन मानव सेवा आश्रममा सहयोग गर्ने कार्यक्रम रहेको छ । शनिवार सम्म जारी रहने तीन दिने कार्यक्रम अन्तर्गत रक्तदान, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, शिल्प (क्राफ्ट), कम्प्यूटर प्रविधि प्रदर्शनी सहित खाद्यान्न मेला लगायतका कार्यक्रमहरु आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल राजु यादवले बताएका छन ।
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..
4 दिन पहिले
विद्यालय शिक्षा विधेयक असार १३ गते पास गर्ने शिक्षा समि..
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयार..
6 दिन पहिले
केन्द्रीय कमिटी बैठक एमालेले बोलायो
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको पार्टीको सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय ..
6 दिन पहिले
शिक्षा विधेयकमा निर्णय लिन बोलाइयो संसदीय समिति बैठक
विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बिहीबार १ बज..
6 दिन पहिले
कमेन्ट गर्नुहोस्