मेलुङग गाउँपालिकामा आज १८ जनामा कोरोना संक्रमण पुष्टी
4 वर्ष पहिले प्रकाशित
Khojkhulasa


दिपक बस्नेत
जेठ १०, तामाकोशी ।
मेलुङग गाउँपालिकामा आज १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने आज सम्म सात जनाले कोरोनालाई जितेका छन् ।
पालिकामा जम्मा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । गाउँपालिकाको सवै भन्दा बढि वडा नम्वर ७ मेलुङगमा १५ जनामा संक्रमण पुष्टी भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि राम चापागाँईले जानकारी दिनुभयो । यस्तै वडा नम्वर ३ ध्यङ्गसुकाठोकरमा १ जना , वडा नम्वर ४ भेड्पुमा एक जना, वडा नम्वर ६ मा १ जनामा कोरोना भाइरस पुष्टी भएको जनाइएको छ । पालिकाले विभिन्न ठाउँमा गरि ३५ बेडको क्वरेन्टीन सेन्टर स्थपना गरेको जनाइएको छ ।
मेलुङग गाउँपालिकाले मेलुङग स्वास्थ्य चौकिमा १० बेडको आइसोलेसन सेन्टर स्थापना गरेको स्वास्थ्य संयोजक चापागाँइले बताउनु भयो ।

नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाद्वार..
नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाको आयोजनामा आज धर्ना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध..
5 दिन पहिले
कमेन्ट गर्नुहोस्