श्री गोल्मेश्वर माध्यमिक विद्यालयको समाजिक परीक्षण कार्यक्रम सम्पन्न
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa


दिपक बस्नेत
असोज २, तामाकोशी ।
श्री गोल्मेश्वर माध्यमिक विद्यालयको समाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु दोलखामा रहेको गोल्मेश्वर माध्यमिक विद्यालयको आर्थिक बर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन, विद्यालयको भौतिक अवस्था, विद्यार्थी संख्या, शिक्षण सिकाई, विद्यालयको चुनौति लगाएतका विषय सामाजिक परिक्षणमा प्रस्तुत गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक संजिव खड्काले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा कार्यक्रमका प्रमुख अतिथी तामाकोशी गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष नारायण खड्का, विद्यालय व्यवस्थापन समिती अध्यक्ष हरिशंकर पोखरेल, नेकपा एमाले वडा कमिटी अध्यक्ष राजन पोखरेल, नेपाली कांग्रेसका वडा कमिटी उपसभापति यज्ञ बहादुर बस्नेत, नेकपा माओवादी केन्द्र मालुका अध्यक्ष तथा जनप्रतिनिधि खड्ग विक्रम खड्का, नेकपा एकिकृत समाजवादीका वडा कमिटी उपाध्यक्ष राम बहादुर बस्नेतले रचनात्मक सल्लाह सुझाव सहित शुभकामना व्यक्त गर्नु भएको थियो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका वडा अध्यक्ष नारायण खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्पुर्ण वक्ताले विद्यालयले सिकाईलाइ जोडदिनु पर्ने भनाई राख्नुभएको थियो । गाउँपालिकाको एक मात्र प्रविधिक शिक्षालय पनि रहेकाले यस्लाई सफल बनाउँनको लागि सम्पुर्ण सरोकारवाला पक्ष लाग्नु पर्नेमा वक्ताले जोड दिनु भयो ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष तथा सामाजिक परिक्षण समिती संयोजक कुवेर प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका विषेस अतिथी तथा विद्यालय व्यवस्थापन समिती अध्यक्ष हरि श.कर पोखरेलले विद्यालय विकासको लागि आफुले विगतमा पनि विषेस भुमिका खेलेको र आगामि दिनमा पनि दत्तचित्त भएर लाग्ने बताउँनु भयो । कार्यक्रममा विद्यालका प्रतिनिधि अभिभावक, विद्यार्थी, राजनितिक दल, सरोकारवाला लगाएतको उपस्थिति रहेको थियो ।
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..
4 दिन पहिले
विद्यालय शिक्षा विधेयक असार १३ गते पास गर्ने शिक्षा समि..
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयार..
6 दिन पहिले
केन्द्रीय कमिटी बैठक एमालेले बोलायो
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको पार्टीको सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय ..
6 दिन पहिले
शिक्षा विधेयकमा निर्णय लिन बोलाइयो संसदीय समिति बैठक
विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बिहीबार १ बज..
6 दिन पहिले
कमेन्ट गर्नुहोस्