तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु थलारीका खुन बहादुर श्रेष्ठको बर्षाका कारण घर उच्च जोखिममा
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa

दिपक बस्नेत
श्रावण २९, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु थलारीका खुन बहादुर श्रेष्ठको बर्षाका कारण घर उच्च जोखिममा छ । बस्दै आएको घर उच्च जोखिममा भएपछि उहाँले बस्दै आएको घर छोडेर छिमेकीको घरमा आश्रय लिएर बस्नु भएको छ ।
यस बर्षको अविरल बर्षाको कारण उहाँको घर वरिपरि पहिरोले घेरीएको छ । घरमाथी, घरमुनी सवैतिर पहिरो गएपछि श्रेष्ठ चिन्तामा हुनुहुन्छ । निम्न आय भएका श्रेष्ठको अन्य कुनैपनि ठाउँमा घर बनाउँन योग्य जग्गा नभएको तामाकोशी गाउँपालिका वडा नम्वर ४ का वडा सदस्य यज्ञ बहादुर श्रेष्ठले बताउँनु भयो ।
'पहिले त पानि कम होला भनेर वडाबाट त्रिपाल उपलव्ध गराएका थियौ तर हिजोको पानीले थप क्षति गरेको छ । अव उहाँलाई अन्यन्त्र राख्नु पर्छ भनेर विहान अर्को घरमा सारेका छौ ' वडा सदस्य श्रेष्ठ बताउँनु हुन्छ ।
"घर बनाउँन योग्य जग्गा यत्ति हो । घर बनाएका थियौं त्यहि पनि वरिपरि पहिरो गयो । गरिव मान्छ के गर्ने होला अफैं छक्क पर्दछु" खुन बहादुर रुन्चे स्वरमा बताउँनु हुन्छ ।
घर बगाउँन आटेको छ । बाख्राको खोर पनि भत्कियो । घर वरिपरिको पहिरोले सवै चर्किएको छ । पानी पसेको छ । सुनाउँ कस्लाई सुनाउँ" भन्दै रुन्चे स्वरमा आफन्तलाई फोन मार्फत भन्दै हुनुहुन्थ्यो उहाँको श्रीमती विन्दा श्रेष्ठ ।
यसपालिको पानीले तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका, दोलखा, रामेछाप जिल्ला लगाएतका ठाउँमा धेरै क्षति गरेको छ ।
एका बिहान भर्ना अभियानको ब्यानर र प्ले कार्डसहित देखिए श..
राहुल कुमार सिंह शिक्षा क्षेत्रमा मधेश प्रदेशमै आफनो फरक पहिचान बनाउन सफल गोगल प्रसाद नमुना माध्यमिक विद्यालयल..
7 दिन पहिले
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..
सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..
4 दिन पहिले
सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..
सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..
4 दिन पहिले
कमेन्ट गर्नुहोस्