तामाकोशी गाउँपालिकाले कृषि प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्सान गर्नका लागि सहयोग गर्ने
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa


दिपक बस्नेत
श्रावण २८, तामाकोशी ।
तामाकोशी गाउँपालिकाले कृषि प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्सान गर्नका लागि सहयोग गर्ने भएको छ ।
तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको वैठकले पालिका भित्र संचालित गोल्मेश्वर माध्यमिक विद्यालयमा संचालित कृषि प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीका लागि सहयोग गर्ने भएको हो ।
कार्यपालिकाको बैठकले पालिका भित्रका दलित विद्यार्थीका लागि ४० प्रतिशत, छात्राको लागि ३५ प्रतिशत, अन्य विद्यार्थीका लागि ३० प्रतिशत र तामाकोशी गाउँपालिका भन्दा अन्यबाट आउँने विद्यार्थीका लागि २५ प्रतिशत लाग्ने शुल्कमा सहयोग गर्ने कार्यपालिका सदस्य तथा वडा नम्बर ५ सहरेका वडा अध्यक्ष शम्भु प्रसाद फुयाँलले बताउँनु भयो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा संचालित गोल्मेश्वर माध्यमिक विद्यालयमा २०७६ सालबाट कृषि प्राविधिक शिक्षलय संचालन गरिएको र कृषि प्रविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीका लागि विद्यालयको तर्फबाट १५ प्रतिशत छुट गरिने प्रधानाध्यपक संजिव कुमार खड्काले जानकारि दिनु भयो ।
तामाकोशी गाउँपालिका र विद्यालयले गरेको सहयोगबाट कृषि प्राविधिक बन्नकालागि सर्वसाधारण विद्यार्थीलाई पनि सहज हुने स्थानियको भनाई छ ।

नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाद्वार..
नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाको आयोजनामा आज धर्ना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध..
7 दिन पहिले
कमेन्ट गर्नुहोस्