`

अविरल बर्षाको कारण तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु डाँडागाउँमा रहेको रमेश खड्काको घर उच्च जोखिममा

3 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`


दिपक बस्नेत 
असार २९, तामाकोशी । 
अविरल बर्षाको कारण तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु डाँडागाउँमा रहेको रमेश खड्काको घर उच्च जोखिममा परेको छ ।
लगातार परेको बर्षाका कारण खड्कासँगै रहेका गुणराज श्रेष्ठ, ज्ञान बहादुर विसुन्खे, निरोज नेपाली, गोल्मेश्वर माध्यमिक विद्यलय लगायतका ठाउँमा जोखिम बढेको हो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु डाँडागाउँमा रहेको खाद्यान्न पसल लगायत अन्य सामान रहेको भुकम्प प्रतिरोधी दुईकोठे घर, जस्ताको छानो भएको अर्को दुईकोठे घर, शौचालय, एउटा कटेज सहित भएको ठाउँमा बर्षाका कारण जमिन चिरा चिरा भएको छ भने शौचालय पुरै ढल्ने अवस्थामा रहेको छ ।
यता गुणराज श्रेष्ठको निर्णमाणाधीन पक्कि घरपनि जोखिममा रहेको छ भने ज्ञान बहादुर विसुन्खेको फरर्निचर भएको जस्ताले बनेको कटेजसँगै पक्कि घरमा जोखिम बढेको छ । यस्तै निरोज नेपाली र मैयाँ कार्कीको घरमुनि गएको पहिरोले गर्दा जोखिममा रहेको छ ।
तामाकोशी गाउँपालिकाको एक मात्र प्रविधिक शिक्षा संचालनमा रहेको गोल्मेश्वर माध्यमिक विद्यालको प्राविधिक भवन मुनि पहिरो गएको छ । पहिरोको कारण प्राविधिक शिक्षा संचालन भवननै जोखिममा रहेको छ । यस्तै गाउँपालिकाको अन्य वडाहरुमा पनि जोखिम बढि रहेको खवरहरु प्राप्त भएका छन् ।  

`
12 comments
एका बिहान भर्ना अभियानको ब्यानर र प्ले कार्डसहित देखिए श..

राहुल कुमार सिंह शिक्षा क्षेत्रमा मधेश प्रदेशमै आफनो फरक पहिचान बनाउन सफल गोगल प्रसाद नमुना माध्यमिक विद्यालयल..

7 दिन पहिले

‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..

सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..

4 दिन पहिले

सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..

सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..

4 दिन पहिले