तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका स्थानियले गाउँपालिकालाई ५० रोपनी जग्गा हस्तान्तरण
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa

दिपक बस्नेत
असार ७, तामाकोशी ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका स्थानियले गाउँपालिकालाई ५० रोपनी जग्गा हस्तान्तरण गरेका छन ।
दोलखाको तामाकोशी गाउँपालिकामा स्थायी केन्द्र निर्धारण र संरचना निर्माणका लागि गाउँपालिकाको वडा नम्बर ४ मालुको छापडाँडामा ५० रोपनी व्यक्तिको नाममा रहेको जग्गा गाउँपालिकालाई उपलब्ध गराउँने निर्णयसँगै आबश्यक निर्णय गाउँपालिकालाई गस्तान्तरण गरेका हुन ।
तामाकोशी गाउँपालिकाले स्थायी केन्द्र निधारण र संरचना निर्णमाणका लागि पहिलो बैठकबाट निर्णय गरि गाउँपालिकाको वडा नम्बर ३ जफेको चनौटे देखि सहरे मालुको सिमाना भित्र पिच सडकको केहि दुरीमा पर्ने गरि जग्गा उपलव्ध गराउँन सूचना जारि गरेको थियो । सोहि सूचनालाई आधारमानि गाउँपालिकाको वडा नम्बर ४ मालु छापडाँडको जग्गा उपलव्ध गराएको संयोजक पुष्कर खड्काले जानकारी दिनु भयो ।
संयोजक खड्का अनुसार विभिन्न व्यक्तिहरुको नाममा रहेको ३३ कित्ता जग्गा सवै जग्गाधनीहरुको छलफलबाट गाउँपालिकालाई आवश्यक पर्ने जग्गा निशुल्क उपलव्ध गराउँने निर्णय भएको हो । यस भन्दा अगाडी जफेको मानेडाँडमापनि पालिकाका लागि केहि सार्वजनिक सहित आवश्यक जग्गा हस्तान्तरण गरिएको सार्वजनिक गरिएको थियो । केहि जग्गामा विवाद रहेपनि हामीले सवै विवाद मिलाएर सवैको सहमति अनुसार जग्गा हस्तान्तरण गरिएको वडा नम्बर ४ मालुका वडा अध्यक्ष नारायण खड्का सुरजले बताउँनु भयो ।
एका बिहान भर्ना अभियानको ब्यानर र प्ले कार्डसहित देखिए श..
राहुल कुमार सिंह शिक्षा क्षेत्रमा मधेश प्रदेशमै आफनो फरक पहिचान बनाउन सफल गोगल प्रसाद नमुना माध्यमिक विद्यालयल..
7 दिन पहिले
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..
सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..
4 दिन पहिले
सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..
सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..
4 दिन पहिले
कमेन्ट गर्नुहोस्