तामाकोशी गाउँपालिकाले माग्यो ५० रोपनी जग्गा, नयाँ संरचना सहित निर्माण होला त पालिका भवन ?
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa

दिपक बस्नेत
जेष्ठ २०, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठक बसि विभिन्न लोकप्रिय निर्णयहरु गरेको छ ।
यसअघि तामाकोशी गाउँपालिकामा दुई तिहाई बहुमत पुग्न नसक्दा पालिकाको केन्द्र टुंगो लाग्न सकेको थिएन । जफे जामुनेमा कुनै पनि संरचना नभएका कारण पालिकाको स्थायी केन्द्रका लागि मानेडाँडा, जामुने जफे, छौंडे, गोल्माकोथान र मानेडाँडा मालु गैरागाउँमा राख्ने गरी चार स्थानको प्रस्ताव आएको थियो । भर्खरै सम्पन्न भएको स्थानिय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको अगामनसँगै पहिलो बैठकले नै पालिकाको स्थायी केन्द्र निधारण गरि नयाँ संरचना निर्माण लागि जग्गा दाताको आवान गर्ने निर्णय गरेको छ ।
नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले तामाकोशी गाउँपालिका वडा नम्बर तीन जफेको चनौटे देखि मालु सहरे सिमाना भित्र हावाँसम्म पुग्ने मुख्य सडक आसपासमा ५० रोपनी तथा सो भन्दा बढी जग्गा हुनु पर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रले बताउँनु भयो । उहाँका अनुसार गाउँपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा पालिकाको उपयुक्त जग्गामा नमुना योग्य कृषि फर्मको निर्माण गर्ने र प्रयोगशालाको रुपमा विकास गर्ने निर्णय गरिएको छ । निर्णमाण हुने कृषि फर्ममा सम्पुर्ण काम कर्मचारी र जनप्रतिनिधिले गर्ने बताइएको छ ।
यस्तै गाउँपालिकाले सहकारी, बैंक, लगायतका बित्तीय संस्थाहरुमा बचत खाता खोली अभिभावकले मासिक १ सय बचत गरेको प्रमाणित रसिद पेश गरेपछि गाउँपालिकाले सोही खातामा १ सय बचत गरिदिने बैठकले निर्णय गरेको छ । पहिलो बैठबाट नै बैंकसँगको सहकार्यमा सामाजिक सुरक्षा भत्ता वडा तहबाट नै वितरण गर्ने लगाएतका निर्णय गरेको बताइएको छ ।
एका बिहान भर्ना अभियानको ब्यानर र प्ले कार्डसहित देखिए श..
राहुल कुमार सिंह शिक्षा क्षेत्रमा मधेश प्रदेशमै आफनो फरक पहिचान बनाउन सफल गोगल प्रसाद नमुना माध्यमिक विद्यालयल..
7 दिन पहिले
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..
सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..
4 दिन पहिले
सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..
सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..
4 दिन पहिले
कमेन्ट गर्नुहोस्