तामाकोशी गाउँपालिकामा ३ हजार ५ सय १७ जना बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाए
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa

दिपक बस्नेत
बैशाख ४, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा ३ हजार ५ सय १७ जना बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका छन् ।
नेपालभरी संचालन भएको खोप अभियान गाउँपालिकाले पनि चैत्र २५ गते देखि बैशाख २ गते सम्म संचालन गरेको थियो । पालिकाले १५ महिना देखि १५ बर्ष सम्मका बालबालिकालाई खोप लगाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्रले जानकारी दिनुभयो ।
शाखा प्रमुख मिश्रले खोप अभियान सफल बनाउँन सहयोग गर्नु हुने कर्मचारी, सम्पुर्ण विद्यालय, स्वयमसेवीका सहित सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नु भयो । खोप लगाई सकेपछि कुनै पनि समस्या कंहि कतै नदेखिको मिश्रको भनाई छ ।
यो रोग साल्मोनोला टाइफी नामक ब्याक्टेरियाको कारण हुने गर्दछ । प्रदुषित पानी तथा दुषित खानेकुराको सेवनले टाइफाइड रोग निम्त्याउँछ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, बान्ता हुनु, पेट दुख्नु, शरीर कमजोर भएको महसुस हुनु आदि टाइफाइडको लक्षण हुन् । बासी सडे गलेको खाने कुरा नखाने, सफा र स्वच्छ पानीको प्रयोग, सरसफाइ, साबुन पानीले हातधुने र टाइफाइड लागेको व्यक्तिसँग लसपस नगर्ने आदि कुरामा ध्यान दिन सके यो रोगवाट वच्न सकिन्छ ।
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..
सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..
6 दिन पहिले
सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..
सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..
6 दिन पहिले
कमेन्ट गर्नुहोस्