`

दोलखाको शैलुङमा तेक्वान्दोको अन्तर्राष्ट्रिय उच्च उचाइ तालिम तथा अनुसन्धान केन्द्रको शिलान्यास

3 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

रुमन श्रेष्ठ
चैत्र १४, तामाकोशी ।

दोलखाको शैलुङ गाउँपालिकामा अन्तर्राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र ९हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर० को सिलान्यास भएको छ ।   
शैलुङ गाउँपालिका वडा न ८ स्थित  कालापानीमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सनिवार शिलान्यास गर्नुभएको थियो । नेपाल तेक्वान्दो संघ, अन्तर्राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष र शैलुङ गाउँपालिका बीच दुई वर्ष अघि छलफल गरि निर्माण प्रक्रिया अघि बढाउने समझदारी भएको थियो । समझदारी भए अनुसार यो तालिम केंद्र निर्माण गर्न थालीएको गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले बताउनु भयो ।
२८ सय मिटर उचाइमा निर्माण हुने यो तालिम तथा अनुसन्धान केन्द्र संसारमा बनेका थोरै स्थान मध्ये १ हुनेछ । करिब २७ करोडमा निर्माण सम्पन्न हुने हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरको लागि सरकारले १० करोड यहीँ आर्थिक वर्ष विनियोजन गर्ने गरि स्रोत सुनिश्चित गरिएको छ र बाँकी रकम आगामी आर्थिक वर्षमा थप्दै जाने समझदारी बनेको छ । नेपाली तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले प्रशिक्षण र तालिम तथा उच्च उचाइ तालिम सम्बन्धमा अनुसन्धान गर्ने महत्त्वपूर्ण ठाउँ बन्ने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।


`
12 comments
एका बिहान भर्ना अभियानको ब्यानर र प्ले कार्डसहित देखिए श..

राहुल कुमार सिंह शिक्षा क्षेत्रमा मधेश प्रदेशमै आफनो फरक पहिचान बनाउन सफल गोगल प्रसाद नमुना माध्यमिक विद्यालयल..

8 दिन पहिले

‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..

सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..

5 दिन पहिले

सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..

सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..

5 दिन पहिले