तामाकोशी गाउँपालिकामा ११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa


दिपक बस्नेत
फागुन २४, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा ११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइएको छ । पालिकाको प्रत्येक वडाहरुले विभिन्न कार्यक्रम सहित दिवस मनाइएको महिला बालबालिका शाखा प्रमुख सचिना न्यौपानेले जानकारी दिनुभयो ।
११२ औं अन्तराष्ट्रिय नारी दिवस मार्च ८ को अवसरमा "gender equality today for a sustainable tomorrow" भन्ने अन्तराष्ट्रिय नार र सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चितता भन्ने राष्ट्रिय नारा सहित ८ मार्च महिला श्रमिक दिवस विभिन्न कार्यक्रम संचालन गरिएको हो ।
पालिका भित्रका सवै वडाहरुमा विभिन्न नारा लेखिएका प्लेकार्ड सहित नारा लगाई आ-आफ्नो वडामा कार्यक्रम गरिएको पालिकाले जानकारी दिएको छ ।
यस अघि तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलय जफेमा अभिमुखिकरण कार्यक्रममा सम्पन्न गरिएको थियो । अभिमुखिकरण कार्यक्रमको पालिकाका उपाध्यक्ष उर्मिला खड्का केसी र आवाज नेपाल दोलखाका सचिव सर्मिला थापाले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा पालिका भित्रका महिला सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..
4 दिन पहिले
विद्यालय शिक्षा विधेयक असार १३ गते पास गर्ने शिक्षा समि..
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयार..
6 दिन पहिले
केन्द्रीय कमिटी बैठक एमालेले बोलायो
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको पार्टीको सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय ..
6 दिन पहिले
शिक्षा विधेयकमा निर्णय लिन बोलाइयो संसदीय समिति बैठक
विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बिहीबार १ बज..
6 दिन पहिले
कमेन्ट गर्नुहोस्