`

सितापाईला माध्यमिक विद्यालयलमा उच्चशिक्षा अध्ययन अध्यापन गराउँने लक्ष्य– पोखरेल

3 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

दिपक बस्नेत
फागुन २१, तामाकोशी ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमालेका नेता ईश्वर चन्द्र पोखरेलले तामाकोशी गाउँपालिका शिक्षाको क्षेत्रमा सयौं गुणा अगाडी रहेको बताउँनु भएको छ ।
हामीले शिक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको उहाँको भनाई छ । व्यवस्थित कृषि प्राविधिक शिक्षालय, विद्यालयहरुमा विज्ञान प्रयोगशाला , कम्पुटर ल्याव, पुस्तकालय, शैक्षिक समाग्री, शिक्षक व्यवस्थापन, विद्यालय कर्मचारीको पारिश्रमिक, विषयगत शिक्षक लगायत पालिका भित्रका विद्यालयमा केहिको कमि हुन दिएका छैनौं । यसैले हाम्रो पालिका विद्यालयहरु सुविधा सम्पन्न हुदै गएका छन् तर यतिमा मात्र सिमित भने हुनुहुदैन गुणस्तरिय शिक्षा अझै पुगेको छैन यसमा सवै सरोकारवाला लाग्नु पर्ने र मेरो तर्फबाट काम गर्न कुनै कसर वाँकी नराख्ने पोखरेलको भनाई छ ।
श्री सितापाईला माध्यमिक विद्यालयको ४६ औं बार्षिक उत्सव तथा अभिभावक भेलामा बोल्दै पोखरेलले सितापाईला माध्यमिक विद्यालयलाई अव अन्य गाउँपालिकासँग समुन्वय गरि उच्चशिक्षा यहि अध्यन गर्न मिल्ने बनाउँने लक्ष्य रहेको बताउँनु भयो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेमा रहेको श्री सितापाइला माध्यमिक विद्यायले भौतिक, वातावरणिय तथा शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगति गर्दै लगेको स्थानिय अभिभावको भनाई छ । विद्यालयले आफ्नो बाषियक उत्सव विभिन्न सांस्कृतिक कार्यक्रम सहिता धुमधामले मनाएको छ ।
विद्यालयले उत्तम स्मृति अक्षयकोष, कृष्ण प्रसाद पोखरेल स्मृति अक्षयकोष, दिनेश स्मृति अक्षयकोष, पुण्य प्रसाद मनमाया पोखरेल अक्षयकोष, गंगा बहादुर स्मृति अक्षयकोषबाट विद्यालयमा अध्यनरत विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । विद्यालयले शिक्षक शम्भुराज बस्नेत र पुर्व कर्मचारी रुद्र बहादुर पोखरेललाई सम्मान गरेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष उद्धव पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्रका नेता बासुदेव पोखरेल, तामाकोशी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राम प्रसाद काफ्ले, शिक्षा शाखा प्रमुख मेनुका बास्कोटा, नेपाली कांग्रेसका नेता विदुर पोखरेल, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटि सदस्य रमेश कार्की, नेपाली कांगे्रसका वडा सभापति कुवेर भण्डारी, नेकपा एमालेका वडा कमिटि अध्यक्ष सन्तोष पोखरेल, पुर्व प्रधानाध्यपक लिलाहरि पोखरेल लागायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । विद्यालयका प्रधानाध्यापक अर्जुन गौतमले विद्यालयको आर्थिक, शैक्षिक, भौतिक लगायतको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

`
12 comments
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..

4 दिन पहिले

विद्यालय शिक्षा विधेयक असार १३ गते पास गर्ने शिक्षा समि..

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयार..

6 दिन पहिले

केन्द्रीय कमिटी बैठक एमालेले बोलायो

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको पार्टीको सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय ..

6 दिन पहिले

शिक्षा विधेयकमा निर्णय लिन बोलाइयो संसदीय समिति बैठक

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बिहीबार १ बज..

6 दिन पहिले