मालु रातामाटाका बासिन्दाको लागि १८५० मिटर पाइप उपलव्ध
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa


दिपक बस्नेत
फागुन १९, तामाकोशी ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु रातामाटाका बासिन्दाको लागि १८५० मिटर पाइप उपलव्ध भएको छ ।
स्थानियमा पानीको समस्य देखिएपछि नेपाली कांगे्रसका युवा नेता तथा समाजसेवी कुमार खड्काले १८५० मिटर पाइप हस्तन्तरण गर्नुभएको स्थानियले बताएका छन् ।
पार्टी गाउँ अभियानको क्रममा जाँदा स्थानियमा पानीको समस्य देखिएकाले पार्टीमा छलफल भयो र कुमार दाईले स्थानियको समस्य हलगर्ने बताउँनु भएकाले हाल हामिले रातामाटाका स्थानियलाई पाइपको व्यवस्था गरेका छौ । नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य गोपाल तिमल्सिनाले बताउँनु भयो ।
समाजसेवी खड्काले आफ्नै लगानियमा ३२, २५ र २० एमएमको पाईप स्थानियलाई हस्तान्तरण गर्नुभएको सदस्य तिमल्सिनाको भनाई छ । पाइप हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य सुरज खड्का, गोपाल तिमल्सिना लगाएत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..
6 दिन पहिले
कमेन्ट गर्नुहोस्