`

छाडा चौपाया नियन्त्रण अभियान तिव्र

2 महीना पहिले प्रकाशित

Khojkhulasa

`

जनकपुरधाम उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रण अभियानलाई तिव्रता दिएको छ । उपमहानगरपालिकाको नवर्निमित गौशाला सञ्चालनमा आएसँगै छाडा चौपाया नियन्त्रण अभियन तिव्र बनाईको छ । सडक तथा सार्वजनिक ठाउँमा देखिएका चौपायाहरु नगर प्रहरीले नियन्त्रणमा लिई जनकपुरधाम उपहानगरपालिका- १२ कुवास्थित गौशालामा राख्ने काम शुरु भएको छ । यसअघि पनि सडकमा छाडिएका छाडा चौपाया नियन्त्रणमा लिई व्यवस्थापन  गरेको उपमहानगरपालिकाले छाडा चौपाया पुनः सडकमा देखिन थालेपछि नियन्त्रण तथा व्यवस्थापन गर्ने अभियान चलाएको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले बताए । छाडा चौपायाका कारण सवारी दुर्घटना हुनुका साथै नगरको सौन्दर्यमा समेत असर परेपछि नगरपालिकाले अभियान चलाएर छाडा गाई गोरु व्यवस्थापन शुरु गरेको हो । ‘नगर क्षेत्रबाट छाडा गाईगोरुको समस्या निर्मूल पार्ने उद्देश्य र विश्वासका साथ अभियान चलाएर छाडा गाईगोरु नियन्त्रण तथा व्यवस्थापन गर्न शुरु गरेका छौँ,’ प्रमुख साहले भने । व्यवस्थापन पश्चात् पालिएका गाईगोरु पुन ः छाडा नछाड्न र सचेत रहन नगरप्रमुख साहले नगरवासीलाई आग्रह गरेका छन् । छाडा चौपायाले नगरको सौन्दर्यका लागि लगाइएका फूल, बिरुवा लगायतमा नोक्सानी गर्ने गरेका छन् ।

`
12 comments